अब सरकारी अस्पतालमा दुई दिन ओपिडि सेवा बन्द

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ, ४ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले लागू गरेको आइतवार र शनिवार दुई दिने बिदा दिने निर्णय लागू गर्ने भएको छ ।
योसंगै अब बहिरंग सेवा (ओपिडि) सेवा दुई दिन नै बन्द हुने भएको हो । यसबाट विरामीलाई पक्कै पनि मर्कामा पर्ने छन् । एक दिन शनिवार वा सार्वजनिक विदाको दिन ओपिडि सेवा बन्द हुँदा अर्को दिन भीड हुने सरकारी अस्पतालमा अब झनै दुई दिन ओपिडी सेवा बन्दले झनै अस्पताल भीड हुने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकलीले आज विज्ञप्ति जारी गर्दै गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अनुसार अस्पतालमा पनि दुई दिन बिदा लागू गरिएको जनाएका छन् ।
यसअघि मन्त्रालयले आइतवार पनि अस्पतालको बहिरङ्ग सेवा संचालन गर्न निर्देशन दिएको थियो ।
यस्तै मन्त्रालयले स्वास्थ्यकर्मीका मनोवल र हितलाई ध्यानमा राखी विरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुई दिन सार्वजनिक विदाको नीति अनुरुप आइतवारका पूर्व निर्धारित शल्यक्रिया लगायतका विरामीको सहजता हेरि रिसेडयुल गरि अन्तरङ्ग र आकस्मिक सेवाहरु सधै झै २४ घण्टा सूचारु रहने जनाएको छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक