स्वास्थ्य मन्त्रीद्वारा चार उच्च कर्मचारीको काज फिर्ता

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौं, ३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयका उच्च तहका कर्मचारीको सरुवा गरेकी छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ति उच्च तहका कर्मचारीको सरुवा तथा काज फिर्ता गरेकी हुन् ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरिएको छ । उनलाई गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।

यस्तै मन्त्रालयको नीति योजना महाशाखामा प्रमुख डा.चुमनलाल दासको नारायणी अस्पताल पर्सामा काज फिर्ता भएको छ । उनी सोही अस्पतालमा दरवन्दी रहेको छ ।

मन्त्रालयको समन्वयमा प्रमुख डा भीम सापकोटालाई हेटौडास्थित किटजन्य प्रयोगशालामा, गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा सरोज शर्माको वीर अस्पताल पठाइएको छ । डा.सापकोटा र शर्माको काज फिर्ता गरि पठाइएको हो ।

यस्तै मन्त्री मेहताले राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र डा गुणनिधि शर्मालाई मन्त्रालय तानिएको छ ।

उनीहरुलाई केही दिनमा जिम्मेवारी प्रदान गर्ने तयारी मन्त्रीको रहेको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक