आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार
काठमाडौँ, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्थम पहाडी जिल्लाममा आकस्मिक एयर एम्बुलेन्स सेवा संचालन गर्नका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहमति गरेको छ ।
मन्त्रालयले आज सरकारका शासकिय सुधार कार्यक्रमको प्रगति विवरण सार्वजनिक गर्दै दुर्गम पहाडी तथा हिमाली जिल्लाबाट आपतकालीन
स्वास्थ्य सेवाका लागि ११ वटा हेलिकप्टर कम्पनीहरू सहुलियत दरमा मेडिकल इभाकुएसन सेवा उपलब्ध गराउन सहमति गरेको छ ।
दुर्गम पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि ति एयर एम्बुलेन्सलाई ‘स्ट्यान्डबाई’ राखिएको छ।
मन्त्रालयले विपन्न, असहाय र बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न र अस्पतालहरूको सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न ‘फ्रि हेल्थ्य पोर्टल’ सञ्चालनमा ल्याइएको छ। हालसम्म १५ वटा अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण यस पोर्टलमा प्रविष्ट गरिसकेका छन्।
अस्पताल सेवा सुधार र अनुगमनस् सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको उपस्थिति, व्यवहार, सरसफाइ र सेवाको आधारभूत मापदण्ड सुनिश्चित गर्न अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लागू गरिएको छ। यस अन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो सुनुवाइका लागि फोकल पर्सन तोक्ने कार्य सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जलनका बिरामीको प्रभावकारी उपचारका लागि ९ वटा संघीय अस्पताल र सातै प्रदेशका १४ गरी जम्मा २३ वटा अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा गरिएको जनाएको छ ।
सुधारका अन्य प्रयासहरू:
• सरकारी अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली र ‘सुलभ फार्मेसी’ सञ्चालनको कार्य आरम्भ गरिएको छ।
• बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकासको क्रममा रहेको छ।
• अनावश्यक निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ बमोजिम अस्पतालहरूले आफ्नै प्रोटोकल बनाई कार्यान्वयन सुरु गरेका छन्।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक