स्वास्थ्य समितिको सभापतिमा दुई जनाको उम्मेदवार

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ, ३ बैशाख । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

आज उम्मेदवारी मनोनयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ओजस्वी शेरचन र नेकपा (एमाले)ले गुरु बरालको उम्मेदवारी परेको छ ।

समिति सभापतिको लागि भोलि दिउसो १ बजे निर्वाचन हुने छ । निर्वाचनमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित हुने पक्का जस्तो रहेको छ ।

समितिको अन्य सदस्यमा अच्युत्तम लामिछाने, कामिनी कुमारी, कुसुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल र गुरु प्रसाद बराल रहनुभएको छ। त्यसैगरी, समितिमा माननीय चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल ललितपुर, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल र प्रमिला कुमारी गच्छदारलाई पनि चयन गरिएको थियो ।

समितिका अन्य सदस्यहरूमा भीम कुमारी बुढा मगर, महाबीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा. लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव र सीता थपलिया रहेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक