नेपाल चिकित्सक संघकाे नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडाै, ४ बैशाख । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

आज उपत्यका बाहिर एनएमएमा आवद्ध चिकित्सकहरुले मतदान विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म गर्ने छन् ।

१९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उपत्यका बाहिर आज र भोलि तथा काठमाडौं उपत्यका भित्र वैशाख १७ र १८ गते मतदान हुनेछ ।

निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन । तीन टिमका कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक