सामाजिक सञ्जालमा स्वास्थ्य परामर्श दिने सेलीब्रेटी चिकित्सकलाई काउन्सिलको लगाम
हेल्थपत्र
काठमाडौँ, ४ वैशाख : नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई परामर्श दिने सेलीब्रेटी चिकित्सकलाई लगाम लगाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले आज जारी गर्दै टिकटक, इन्स्टाग्राम तथा फेसवुकबाट जस्ता सामाजिक सञ्जालमा मार्फत स्वास्थ्य परामर्श दिने त्यस्ता चिकित्सकलाई लगाम लगाएको बताए । काउन्सिलले यदि सामाजिक सञ्जालमार्फत फेरि पनि अनलाइन परामर्शका नाममा सर्वसाधारणलाई जथाभावी औषधि सेवन गर्न भन्दै स्वास्थ्य सम्बन्धि भिडियो सामाग्री प्रशारण गरे कारवाही गर्ने समेत बताएको छ ।
काउन्सिलले विरामीसंग सम्बन्धि भिडियो सामाग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने, औषधि सिफारिस गर्ने जस्ता कार्य समेत नगर्न चेतावनी समेत दिएको छ ।
स्वास्थ्य सेवा अत्यन्त संवेदनशिल क्षेत्र भएकोले विरामीको उचित परीक्षण आवश्यक जाँच र चिकित्सकको प्रत्यक्ष मुल्यांकन विना औषधि सेवन गर्न सुझाव दिनु र त्यस्तो सल्लाह प्रचार गर्नुले विरामीको स्वास्थ्यमा गम्भिर जोखिम उत्पन्न हुन सक्ने, अनावश्यक जटिलता बढ्न सक्ने तथा दिर्घकालिन हानी समेत पुग्ने जनाएको छ ।
काउन्सिलले विरामीले सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरि योग्य तथा दर्ता प्राप्त चिकित्सकसंगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक