राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराई पनि तानिए मन्त्रालयमा
हेल्थपत्र
काठमाडौं, ४ बैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई मन्त्रालयमा तानेकी छन् ।
उनले मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई मन्त्रालयमा तानेकी हुन् ।
यसअघि पनि मन्त्रालयले औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई पनि मन्त्रालय तानेकी थिइन् ।
औषधिको मूल्यवृद्धिसम्बन्धी विषयमा ढकाल विवादमा मुछिएपछि मन्त्री मेहताले उनलाई मन्त्रालयमा तानेकी हुन् । मन्त्रालयले औषधिको मूल्यबृद्धि प्रकरणमा मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको छ ।
भट्टराई मन्त्रालय तानिएसँगै प्रयोगशालाको निमित्त महानिर्देशकको जिम्मेवारी पनि औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी पाएकी शिवानी खड्गीलाई दिइएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक