स्वास्थ्य समितिमा डा. ओजस्वी शेरचन निर्वाचित

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौं, ४ बैशाख । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।

आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि उनी विजयी भएकी हुन् ।

बराललाई नेपाली कांग्रेस तथा नेकपाको समर्थन प्राप्त भए पनि आवश्यक बहुमत जुटाउन नसक्दा उनी पराजित भएका हुन्।

उक्त निर्वाचनका लागि बसेको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सञ्चालन गरिएको थियो। बैठकले निर्धारित कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउँदै सभापति चयन गरेको हो।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक