अस्पतालमा पनि दुई दिन सार्वजनिक बिदा

हेल्थपत्र

२०८३ बैशाख ४ शुक्रबार

काठमाडौँ, ३ वैशाख : सरकारले सरकारी अस्पतालमा आइतवार र शनिवार दुई दिन नै बिदा  दिने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको दवावमा दुई दिन नै सार्वजनिक बिदा  दिने निर्णयमा पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विदा सम्बन्धि कार्यविधि बनाइरहेको उल्लेख गर्दै अन्य कार्यालय जस्तै अस्पतालमा पनि दुई दिने विदा दिने निर्णयमा पुगिएको बताए ।

“चाँडै नै हामी अस्पताल पनि दुई दिन विदा दिने निर्णयमा हामी पुग्दैछौ” उनले भने, “भोलि विज्ञप्ति निकालेर दुई दिन विदाको औपचारिक निर्णय भएको जानकारी गराउने छौ ।”

उनले दुई दिन विदा दिदा अस्पतालमा आएका विरामीलाई समस्या नपर्ने गरि मिलाउने बताए । उनले अहिले क्यूमा रहेका शल्यक्रिया चाँडै सक्ने र शल्यक्रियाको काम चिकित्सकले थप समय लगाएर गरेर दुई दिनको विदा मिलाइने बताए ।

स्वास्थ्य मन्त्रालयले केही दिन अघि अन्य कार्यालयमा दुई दिन विदा भएता पनि अस्पतालमा सेवा भने आइतवार पनि संचालन गर्न निर्देशन दिएको थियो ।
यसअघि नेपाल चिकित्सक संघले पनि सरकारले तोके अनुसार चिकित्सकलाई दुई दिनको विदा दिन माग गरेको थियो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक