जीवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका विरामी बढ्दै

हेल्थपत्र

२०८२ माघ २ बिहीबार

शरद् शर्मा
काठमाडौँ, २१ पुस : नेपालको दोस्रो अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीले एकिकृत सेवा संचालन गर्ने भएको छ ।

एकिकृत उपचार सेवा प्रवाह गरेर सेवाग्राहीको उपचारमा थप गुणस्तरता ल्याउने चिकित्सालयको तयारी रहेको छ ।

चिकित्सालयका निर्देशक डा. बासुदेव उपाध्यायले पञ्चकर्म, फिजियोथेरापी र अकुपञ्चर सेवालाई एकिकृत रुपमा संचालन गर्ने बताए ।
नशा र हाडजोर्नी सम्बन्धी रोग उपचार सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि पञ्चचकर्म, फिजियोथेरापी र अकुपञ्चरलाई एकिकृत सेवा संचालन गर्न थालिएको उनको भनाई रहेको छ ।

सेवाग्रहीलाई न्यूनमत शुल्कमा ति सवै उपचार गर्ने उनले बताए । पञ्चकर्मले शरीरलाई शुद्ध पार्ने र सन्तुलन कायम गर्ने एक प्राचीन चिकित्सा पद्धति हो । जसमा शरीरका दोष (वात, पित्त, कफ) लाई बाहिर निकालेर विषालु पदार्थ हटाउन पाँच मुख्य क्रियाहरू (वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण) प्रयोग गरिन्छ ।
विस १९७४ सालमा स्थापना भएको चिकित्सालयमा अहिले सामान्य चिकित्सा, शल्यचिकित्सा र अकुपञ्चर सेवाको साथै फिजियोथेरापी, सिटी स्क्यान सहित सेवा पनि संचालन भइरहेको छ । चिकित्सालयमा विगत छ महिनादेखि सिटी स्क्यान संचालनमा आएको छ ।

चिकित्सालयमा पायल्स, फिस्टुला र फिसरका विरामी बढ्दै

चिकित्सालयम सवभन्दा धेरै विरामी गुदद्धार सम्बन्धि आउने गरेका छन् । जीवनशैलीमा आएको परिवर्तनले गुदद्धारसंग सम्बन्धित पायल्स, फिस्टुला र फिसरका विरामी बढ्दै गएको पाइएको चिकित्सालयका निर्देशक डा. उपाध्यायले जानकारी दिए । चिल्लो खानपान, जङ्कफुड, एकै ठाउँमा लामो समयसम्म काम गर्नुपर्ने, शारिरीक अभ्यास कम जस्ता कारणलै अहिले पायल्स, फिस्टुला र फिसरका विरामी बढ्दै गएका हुन । उनका अनुसार भर्ना भएर उपचार गर्नै धैरै विरामी पायल्स, फिस्टुला र फिसरका रहेको बताए ।
२०८१÷२०८२ को तथ्याङ्क अनुसार ११ हजार ५५३ जना गुदद्धार सम्बन्धि विरामी रहेका छन् ।
उनका अनुसार चिकित्सालयमा भर्ना भएकामध्ये ६० प्रतिशत विरामी पायल्स, फिस्टुला र फिसरसंग सम्बन्धित नै रहेको छन् । चिकित्सालयम यी तिनै रोगको क्षारसुत्र विधिबाट सर्वसुलभ रुपमा उपचार हुने भएकोले धेरै विरामी आउने गरेको उनको भनाई रहेको छ । उनले समयमा नै उपचार नगरे रोग बल्झिएर क्यान्सर समेत हुन सक्ने बताए ।

“अहिले भिडियोमार्फत विना शल्यक्रिया पायल्स, फिस्टुला जस्ता रौगको उपचार गर्ने भनेर सामाजिक सञ्जालमा आइरहेका छन्” उनले भने, “ति सवै भ्रम हुन् । त्यसको पछि लाग्न हुँदैन । हामीले सस्तो दरमा नै क्षारसुत्रमार्फत गुदद्धारमा लाग्नै रोगको सफल उपचार गर्दछौ ।”

उनका अनुसार तीन हजार रुपियाँसम्ममा क्षारसुत्रको सफल उपचार गरिन्छ । क्षारसुत्र विधिबाट शल्यक्रिया गरेर बढीमा १५ दिनसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । “गुदद्धारको सफल उपचार भनेको क्षारसुत्र विधिबाट नै हो” उनले भने, “उक्त विधिबाट हामीले विरामीको सफल उपचार गर्दै आइरहेका छौ ।”

भर्ना भएका विरामीलाई मनोपरामर्श सेवा

चिकित्सालयले अस्पतालमा भर्ना भएका विरामीलाई दैनिक विहान मनोपरामर्श सेवा उपलब्ध गराउने तयारी गरेको छ । चिकित्सालयका निर्देशक डा. उपाध्यायले विहान ध्यानको माध्यमबाट मनोपरामर्श सेवा शुरु गर्ने बताए ।

यसका लागि चिकित्सालयले हल समेत बनाइसकेको छ । विहानको समयमा विरामीलाई मनोपरामर्श सेवा दिने उनले बताए । चिकित्सालयमा अहिले दैनिक ३०० जना विरामी उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालयले आफैले उत्पादन गरेका २५ प्रकारका आयुर्वेद औषधि विरामीलाई वितरण गर्दै आइरहेको छ ।
यस्तै विपन्न, ज्येष्ठ नागरिकलाई बार्षिक २० लाख बराबरको औषधि उपचार पनि निःशुल्क रुपमा दिइदै आएका उनले बताए ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक