नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.राम आधार यादव

हेल्थपत्र

२०८३ श्रावाण ९ शनिवार

काठमाडौं, ८ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.राम आधार यादवलाई जिम्मेवारी प्रदान गरिएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले आयुर्वेद शल्यतन्त्र (क्षारसूत्र) विशेषज्ञ डा. यादवललाई निर्देशकको जिम्मेवारी प्रदान गरेकी हुन् । उनी यसअघि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (कीर्तिपुर)को कार्यकारी निर्देशकको रुपमा काम गरेका थिए ।

नरदेवी अस्पतालको जिम्मेवारी सम्हालेपछि डा. यादवले आयुर्वेद चिकित्सालयलाइ सुधार गर्न आफू प्रयत्नशील रहने जानकारी दिए।

उनको नेतृत्वमा चिकित्सालयको सेवा प्रवाह, आयुर्वेद उपचारको विस्तार तथा संस्थागत सुधारलाई प्राथमिकता दिइने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक