डा. केसीको अनसनलाई समर्थन गर्दै डा. कार्कीले भनिन् ‘केसी सँग सधैँ थिएँ, छु, रहनेछु’

हेल्थपत्र

२०८३ श्रावाण ८ शुक्रबार

काठमाडौँ, ८ साउन : सत्तारुढ पार्टी सांसद डा. तोसिमा कार्कीले नै डा. गोविन्द केसीको अनसनमा सर्मथन जनाएकी छन् ।

डा. कार्कीले हिजो देखि धनगढीमा शुरु गरेको अनसनलाई समर्थन जनाउँदै अनसन नेपाली जनताको हित केन्द्रीत अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकि छन् “डा. केसीलाई मेरो समर्थनको –– नेपाली जनताको हित केन्द्रीत अभियानमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि आदरणिय प्रा डा.गोबिन्द केसी सँग सधैँ थिएँ, छु, रहनेछु ।”

डा. कार्कीले अनसन बस्नुपर्ने अवस्था नआउनुपर्ने भन्दै तर अनसन बसेकोले डा केसीका जायज मागहरु सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
“अनसन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो – आएछ, सर अन्सन बस्नुभयो। अब हाम्रो सरकारले तत्कालै डा केसीका जायज मागहरु सम्बोधन गरोस् र भनोस, ” उनले लेखेकी छन् ।

डा. कार्कीले डा. केसीका जायज मागहरु तत्काल सम्बोधन गर्न शिक्षामन्त्री स्वयम् तथा प्रधानमन्त्रीको सचिवालयको पनि ध्यानाकर्षण गराएकी छन् ।

“ढिला नहोस् । शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि, जनदबाब बढेपछि त पहिला पनि सम्बोधन हुन्थ्यो, हामीले त्यो अवस्था कुर्नहुन्न !! ”

डा. केसी हिजोदेखि धनगढीमा अनसन बसेका छन् ।

डा. गोबिन्द केसीको सत्याग्रहले नै चिकित्सा शिक्षामा सुधार आएको डा. कार्कीको भनाई रहेको छ । डा केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन र नियुक्तिमाथि प्रश्न उठाउँदै अनसन शुरु गरेका हुन् ।

विश्वविद्यालयको सवै पूर्वाधार तयार भएपनि ३०० शैय्याको लागि अझै स्वीकृत पाएका छैन ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक