नेपाल चिकित्सक संघमा १२ सय मतगन्दा डा. रावल अगाडि

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौं, २० वैशाख । नेपाल चिकित्सक संघको अध्यक्ष पदका उम्मेदवार डा. मंगल रावल अगाडि रहेका छन् ।

वागबजारस्थित संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा डा. रावल ५७३ मत सहित अगाडि रहेका हुन् ।
अहिलेसम्म एक हजार २०८ मतगणना सम्पन्न भइसकेको छ । अध्यक्षका पदका अर्का उम्मेदवार डा. बद्री रिजालले ४८७ पछाइरहेका छन् ।
यस्तै डा. नारायण प्रसाद भुसालले १३८ मत पाएका छन् ।

यस्तै  वरिष्ठ उपाध्यक्षमा डा. किर्तिपाल सुवेदीले ५४९, डा. सञ्जीव तिवारीले ४२० र डा. अजयकुमार मिश्राले १८४ मत पाएका छन् ।

यस्तै  महासचिव पदमा डा. कालु सिंह खत्री ४४९ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी ४१२ मत र अर्का महासचिवका उम्मेदवार डा. अमृत भुसालले २९१ मत पाएका छन् ।
उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते सम्पन्न भएको निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो । निर्वाचने परिमाण आज आउने बताइएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक