भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा
हेल्थपत्र
काठमाडौ , १७ कार्तिक । भेरी अस्पतालमा आजदेखि फाेक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार सेवा, तथा निद्रा रोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा आएको छ।
डा रन्जित पाण्डेले संचालन गर्नु भएकाे उक्त विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे तथा अस्पतालकी नर्सिङ प्रमुख पदमा देवी देवकोटालगायतको संयुक्त टोलीबाट उदघाटन गरेका छन् ।
उक्त सेवा OPD–7 (A) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ।
यस सेवाको सुरुवातसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, जटिल अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचारका लागि बिरामीहरूले अस्पतालबाटै विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन्।
भेरी अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक