वरिष्ठ संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना
हेल्थपत्र
काठमाडौं, १७ कार्तिक । नेपाली संगीत जगतका स्थापित एवं सदाबहार स्रष्टा सुरेश अधिकारी अचानक अस्वस्थ भई ललितपुरको कुपोन्डोलस्थित आरुस लाइफस्टाइल हस्पिटलमा भर्ना भएका छन् ।
उनको किड्नीमा ३ वटा पत्थरी देखिएको र ती पत्थरीहरू तल झरेर समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो।
उनलाई अचानक स्वास्थ्य समस्या देखिएलगत्तै गीतकार संघ नेपालका महासचिव टीका राई ‘शिव’ लगायतले हस्पिटल पुर्यााएका थिए ।
संगीतकार अधिकारीले संगीत भरेका चलचित्र ‘धड्कन’ को “मेरो मनको फूल टिपि” जस्ता सदाबहार गीत तथा घर-घरमा गुन्जिने दसैँ गीत हो दसैँ आयो, कोदो फुल्यो जस्ता दर्जनौं गीत कालजयी छन् ।
उनी ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ का अध्यक्ष हुन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक