स्वास्थ्य मन्त्रीद्वारा भेटघाट र जनगुनासो सम्बोधन गर्न ‘एकद्वार सम्पर्क नम्बर’ संचालनमा

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, २० वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले भेटघाट र जनगुनासो सम्बोधन गर्नका लागि ‘एकद्वार सम्पर्क नम्बर’ संचालनमा ल्याएकी छन् ।
उनले मन्त्रालयको कामलाई थप सहज र व्यवस्थित बनाउन तथा मन्त्रालयसँग सिधै जोडिनका लागि ‘एकद्वार सम्पर्क नम्बर’ ल्याएको बताएकी छन् । उनले अबदेखि मन्त्रालयमा भेटघाटको समय मिलाउन जनगुनासो राख्न तथा समस्या समाधानका लागि ९८००९१८५६९ फोन वा ह्वाटसअप मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सवै फोन उठन र सबै विषयहरू सचिवालयमा विधिवत् रूपमा रेकर्ड भएर उचित सम्बोधन होऊन् भन्ने सुनिश्चित ९८००९१८५६९ सार्वजनिक गरिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक