चिकित्सक संघको अध्यक्षमा डा. मंगल रावल र महासचिवमा डा. कालुसिंह खत्री अगाडि

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौं, २० वैशाख । नेपाल चिकित्सक संघको मतगणनामा डा. मंगल रावल समूह अगाडि रहेको छ ।

वागबजारस्थित संघको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा डा. रावलको समूह अगाडि रहेको हो । अहिलेसम्म एक हजार भन्दा बढी मतगणना हुँदा डा. रावलले ४६५ मत प्राप्त गरेका छन् । उनलाई अध्यक्षका पदका अर्का उम्मेदवार डा. बद्री रिजालले पछाइरहेका छन् ।

डा. रिजालले ४०९ मत र डा. नारायण प्रसाद भुसालले १२१ मत पाएका छन् ।

महासचिव पदमा डा. कालु सिंह खत्री ३६५ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी ३३५ मत प्राप्त गरेका छन् ।

उपत्यका बाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते सम्पन्न भएको निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो । निर्वाचने परिमाण आज आउने बताइएको छ ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक