चिकित्सक संघको नयाँ नेतृत्वका लागि आज दोस्रो दिन पनि मतदान
हेल्थपत्र
काठमाडौं, १९ वैशाख । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि आज पनि निर्वाचन हुँदै छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अहिले विहान ८ बजेदेखि निर्वाचन शुरु भएको छ । मतदान भइरहेको स्थलमा अहिले चिकित्सकहरु मत माग्न व्यस्त देखिन्छन् । हिजो पनि सोही ठाउँमा निर्वाचन भएको थियो ।
यसअघि उपत्यका बाहिर भने वैशाख ४ र ५ गते नै मतदान सम्पन्न भइसकेको थियो। उपत्यका बाहिरका २२ मतदान केन्द्रमा ४ हजार २४४ मत खसेको थियो ।
हिजो काठमाडौँमा भएको निर्वाचनमा एक हजार २२३ मत खसेको छ। यससँगै हालसम्म कुल ५,४६७ मत खसेको छ। निर्वाचनमा १६ हजार १०० मतदाता रहेका रहेपनि करिव नौ हजारको संख्यामा मत खस्ने अनुमान गरिएको
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिए । बेलुका ६ बजे मतदान सकिए लगतै मतगणना सुरु गरिने उनले बताए ।
अध्यक्ष पदका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल टीम चुनावी मैदानमा रहेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक