नेपाल चिकित्सक संघको निर्वाचन जारी
हेल्थपत्र
काठमाडौं, १८ वैशाख । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । आज उपत्यकामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचन विहान ८ बजेदेखि शुरु भएको छ ।
यसअघि पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका २२ वटा मतदान केन्द्रमा गत ४ र ५ बैशाखमा सम्पन्न भईसकेको छ । उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको छ ।
निर्वाचनमा डा.बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्नो प्यानलसहित होमिएका छन् ।
१९ सदस्यीय कार्यसमितिका लागि तीन टिमका कुल ५५ जना चुनावी मैदानमा रहेका छन् ।
अध्यक्षमा डा. रिजालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी तथा डा. रावलको टिमबाट
वरिष्ठ उपाध्यक्षमा डा कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह(कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन्।
यस्तै टिम रिफर्म’ डा. भुषाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा. अजय कुमार मिश्र, महासचिवमा डा. अमित भुषाल, कोषाध्यक्षमा डा विनोद कुमार महासेठ रहेका छन् ।
प्रज्ञा प्रतिष्ठानमा जारी मतदानमा उम्मेदवारहरु मत माग्न व्यस्त रहेका छन् ।
आज सरकारी अस्पताल संचालन भएकोले भोलि सरकारी चिकित्सकले मतदान प्रक्रियामा सहभागि जनाउने छन् । निर्वाचन अधिकृतका अनुसार भोलि विहान ८ बजेबाट वेलुका ६ बजेसम्म मतदान हुने भएको छ । काठमाडौँ उपत्यकामा पाँच हजार खस्ने अनुमान गरिएको छ । निर्वाचनमा कुल १६ हजार एक सय जना मतदाता रहेका छन ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक