‘नेपाल मेडिकल सो’ आजदेखि शुरु
हेल्थपत्र
काठमाडौँ, १७ बैशाख । आजदेखि भृकुटीमण्डपमा ‘नेपाल मेडिकल सो तथा ल्याब एक्स्पो २०२६’ सुरु भएको छ ।
एचडी प्रोमो मिडियाले आजदेखि तीन दिनसम्म केमीकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)संगको सहकार्यमा आयोजना गरेको नवौ एक्स्पो संचालन गरेको हो ।
एक्स्पो आज उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरे । उनले निजी क्षेत्रलाई चलायमान बनाउनका लागि एक्स्पो अनिवार्य रहेको उल्लेख गरे । उनले निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता समस्याहरू समाधान गर्न महासंघ तयार रहेको बताए ।
केमसानका अध्यक्ष भक्त हमालले सबै प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले यो प्रदर्शनी स्वास्थ्य क्षेत्रका सरोकारवालाका लागि अत्यन्त उपयोगी हुने बताए। ‘
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की, निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदमबहादुर खड्का लगायतले वोलेका थिए ।
प्रर्दशर्नीमा २०० भन्दा बढी स्टल राखिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक