उपसभामुख ठाकुर डिस्चार्ज

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौं, १७ बैशाख : उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर (डिस्चार्ज) भएकी छन् ।
किस्ट अस्पताल भर्ना गरेर उपचाररत रहनु भएका उनको स्वास्थ्यमा सुधार देखिएपछि आज विहान ११ बजे डिस्चार्ज गरिएको उनको स्वकीय सचिव तारा राईले जानकारी दिइन् ।

“उहाँलाई मधुमेहको समस्या देखिपछि हिजो अस्पताल भर्ना हुनु भएको थियो” उनले भनिन, “अहिले उहाँको स्वास्थ्य अवस्था सुधार भएको छ । चिकित्सकको सल्लाह अनुसार घरमै आराम गर्न भनेर आज डिस्चार्ज गरिएको हो ।”
उपसभामुख ठाकुरलाई चिनीमा मात्रा (सुगरको लेभल ) कम भएपछि अस्पताल भर्ना गरिएको थियो ।
स्वकीय सचिव राईका अनुसार उपसभामुख ठाकुर घरमै आराम गर्ने र सोमबारबाट नियमित कार्यालय जाने छिन् ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक