स्वास्थ्य बीमा बोर्ड बन्यो कार्यकारी निर्देशक विहिन

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, १५ वैशाख : निमित्तको भरमा रहेको चलेको स्वास्थ्य बीमा बोर्ड नेतृत्व विहिन भएको छ ।
दैनिक कामकाजका लागि कार्यकारी निर्देशकको रुपमा मन्त्रालयबाट खटिएका डा.कृष्णप्रसाद पौडेलेको सरुवा भएपछि बोर्ड नेतृत्व विहिन भएको हो ।
पौडेल गजेन्द्र नारायण सिहं अस्पतालमा सरुवा भएर गइसक्नु भएको छ । उनी गत शुक्रबार बीमा बोर्डबाट विदाई भएका थिए । लथालिंग भएको बोर्ड कार्यकारी निदेशक नहुँदा झनै समस्या परेको छ । कार्यकारी निर्देशक विहिन भएपछि बोर्डको समस्या आर्थिक कामकाज, दैनिक कामकाजमा समस्या भएको छ ।

स्वास्थ्य बीमा बोर्ड ऐन २०७४ अनुसार कार्यकारी निर्देशक बोर्डको प्रशासकिय प्रमुखको रुपमा काम गर्न पूणकालिन पदाधिकारी रुपमा रहने उल्लेख छ ।

डा. पौडेल बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि केही समय तत्कालिन स्वास्थ्य मन्त्री डा. सुधा शर्माले आर्थिक अधिकार सहित कामकाज गर्न कार्यकारी निर्देशकको जिम्मेवारी दिइ पठाएकी थिइन् । डा. काफ्लले गत माघ ४ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए ।

स्वास्थ्य बीमा बोर्डको ऐन दफा २५ को ६ बमोजिम कार्यकारी निर्देशक पद रिक्त भएमा कार्यकारी निर्देशक नियुक्ती नभएसम्मको लागि कार्यकारी निर्देशको रुपमा काम गर्न मन्त्रालयले मन्त्रालय वा अन्तर्गत वहाल रहेको नेपाल स्वास्थ्य सेवाको कम्तिमा ११ औ तहको कर्मचारी खटाउन सक्नेछ भन्ने व्यवस्था रहेको छ ।

तर गत शुक्रबार मन्त्रालयबाट खटिएका ११ औ तहका कर्मचारी डा.पौडेल कार्यकारी निर्देशक पदको जिम्मेवारीबाट हटेपनि उक्त ठाउँमा अझै कार्यकारी निर्देशक मन्त्रालयले पठाएको छैन ।

अहिले कामकाजका लागि बोर्डकै १० औ तहका कर्मचारी डा.पवन शाहले काम गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक