बच्चाको खातामा पाँच हजार पाइने कार्यक्रम : स्थानीयबासीको सहभागिता न्यून

हेल्थपत्र

२०८३ जेठ २५ सोमबार

काठमाडौँ, १३ वैशाख : टोखा नगरपालिकाले संचालन गरेको जन्मनासाथ पाँच हजार बच्चाको खातामा राख्ने कार्यक्रममा स्थानीयको सहभागिता न्यून देखिएको छ ।
नगरपालिकाले यहि आर्थिक बर्षबाट संचालन गरेको कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून देखिएको हो ।
बालबालिकाको जन्मेपछि नगरपालिकाले पाँच हजार रुपियाँ ति बालबालिकाको नाममा खाता खोलि राखिने कार्यक्रम जनचासोका कारणले सहभागिता न्यून छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले स्थानीयमा आकर्षण नभएकोले थोरै मात्र बच्चाको वैंक खातामा रकम जम्मा गरेको बताए ।
“हाम्रो उद्देश्यले बच्चा जन्मनासाथ उसलाई केही आर्थिक होस भनेर पाँच हजार रुपियाँ दिने भनेका थियौ” उनले भने, “तर त्यो कार्यक्रम अनुसार न्यून बच्चाहरुको बैक खाता खोलिएको छ ।”
उनका अनुसार अहिलेसम्म चार जना बालबालबालिकाको मात्र बैंक खाता खोलि पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा बार्षिक एह जार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको थियो ।
बच्चालाई पाँच हजार पाउनका लागि बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनुपर्ने र नगरपालिकाले तोकेको अस्पतालमा सुत्केरी गराउनुपर्ने व्यवस्था रहेको छ ।
“हामीले तोकेको अस्पतालमा नगई अयन्त्र गएर सुत्केरी गराएका हुन सक्दछन,” उनले भने “ त्यसैले होला एक बर्ष हुन लाग्दा पनि एकदम न्यून सङ्ख्यामा मात्र बच्चाको बैंक खाता खोलिएको छ ।”
नगरपालिकाले टोखा चन्डेश्वरी, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, वीर अस्पताल लगायत अस्पतालमा सुत्केरीका लागि तोकेको छ ।
तर धेरै जसो आमाले ति तोकेको वाहेक अस्पतालमा सुत्केरी हुँदा आमाबाट जन्मेका बच्चाको खातामा पाँच हजार रुपिया जम्मा गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलालले बताए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक