नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुँदै
हेल्थपत्र
काठमाडौँ, १३ वैशाख । ‘नवौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२६’ को आयोजना हुने भएको छ ।
यहि वैशाख १७ गतेदेखि काठमाडौँस्थित भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधि, उपकरण तथा सेवाहरूलाई एकै स्थानमा अवलोकन गर्ने उद्देश्यसहित एक्स्पो सञ्चालन हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोको आयोजना एसडी प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपाल (केमसान)सँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रदर्शनीमा नेपाल, भारत लगायत विभिन्न देशका गरी २०० भन्दा बढी स्टल रहनेछन् ।
उक्त प्रदर्शनीमा स्वास्थ्य उपचारका लागि आवश्यक अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन तथा नवीन आविष्कारहरू प्रस्तुत गरिनेछन्।
केमसानका अध्यक्ष भक्त हमालले विश्वस्तरीय मेडिकल टेक्नोलोजी, डाइग्नोस्टिक प्रणाली तथा प्रयोगशालासम्बन्धी सामग्रीहरूको प्रदर्शनी गरिने जानकारी दिए ।
उनले करिब ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र एक हजारभन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा अवलोकन गर्न पाइने बताए ।
केमसानका अध्यक्ष हमालले एक्स्पो विशेषगरी हेल्थ केयर, फार्मास्युटिकल्स तथा अनुसन्धान केन्द्रहरूले प्रयोग गर्दै आएका सामग्रीहरूको प्रदर्शनमा केन्द्रित रहने बताए। उनले यस प्रकारका प्रदर्शनीले खरिदकर्ताहरूलाई नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले एक्स्पोले देशको मेडिकल क्षेत्रलाई नवीनतम प्रविधिबारे जानकारी गराउनुका साथै क्रेता र विक्रेताबीच प्रत्यक्ष अन्तरक्रियाका लागि साझा मञ्च उपलब्ध गराउने बताए । हमालका अनुसार एक्स्पोमा अस्पतालका प्रमुख, चिकित्सक, नर्स तथा स्वास्थ्य अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका लागि अनुभव आदानप्रदान तथा पेशागत सञ्जाल विस्तार गर्ने उपयुक्त अवसर हुने उनले बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक