गीता पाण्डे मृत्यु प्रकरण : फार्मेसी र क्लिनिक बन्द गराउने निर्णय
हेल्थपत्र
काठमाडौं, १२ वैशाख । नेपाल मेडिकल काउन्सिलले डा.सतिषकुमार रूपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवले आजको बैठकले छानबिन समितिको सिफारिस डा. रूपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए ।
गीता पाण्डेको उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
उपचार प्रक्रियामा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीका लागि सिफारिस गरिएको छ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ निवासी २९ वर्षीया गीता पाण्डेको वैशाख ६ गते झण्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा मृत्यु भएको थियो। परिवारले भने १२ हप्ताको गर्भ रहेको दाबी गर्दै आएका छन्। छानबिन समितिको प्रतिवेदनले भने १३ हप्ताभन्दा बढीको गर्भ रहेको देखाएको छ।
छानबिनका क्रममा गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराएको जोनल फार्मेसी र अन्तिम अवस्थामा उपचारमा संलग्न इन्दुलेखा स्वास्थ्य क्लिनिकले आवश्यक स्वीकृति नलिएको पाइएको छ।
मेडिकल काउन्सिलले उक्त घटनापछि डा सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक