आज विश्व औलो दिवस : नेपालमा ९७ प्रतिशत औलोका विरामी विदेशबाट
हेल्थपत्र
काठमाडौँ, १२ वैशाख : आज विश्व औलो दिवस विविध कार्यक्रम गरि मनाइदै छ । ‘औलो अन्त्य हाम्रो संकल्पः सक्षम छौ, छैन अव विकल्प’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
औलो एनोफिलिज जातका सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने परजीविको कारण हुने एक प्रकारको सरुवा रोग हो । औलो सङ्क्रमित व्यक्तिको ज्यानै जोखिममा पर्न सक्दछ ।
शिशुहरु, पाँच बर्ष मुुनिका बालबालिका, गर्भवती महिला, किशोरी, एचआइभि तथा एडस् संक्रमित व्यक्तिमा गम्भिर सङ्क्रमणको जोखिम बढी हुन्छ । औलो सजिलै रोकथाम र उपचार गर्न सकिने रोग रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताए ।
लक्षण
ज्वरो आउने, काप छुट्ने, टाउको दुख्ने, असाध्यै थकित महसुस हुने, भ्रमित अवस्था हुने, वेहोस हुने, सास फेर्न गाहे हुने जस्ता लक्षण देखिने गर्दछ ।
नेपालमा औलो निवारणतर्फ उन्मुख रहेको छ । विगत १० बर्षमा स्थानीय औलोको संख्या करिव ९० प्रतिशतले कमी आएको उनले बताए ।
नेपालमा आयातित औलोका विरामी धेरै रहेको छन् । भारतका उच्च जोखिम क्षेत्रमा हुने र अफ्रिकी देशबाट स्वदेश फर्कदा धेरै मानिसहरु आयातित औलो संक्रमण लिए आउने गरेका उजको भनाई रहेको छ ।
नेपालमा ९७ प्रतिशत औलोका विरामी विदेशबाट आएका छन् ।
आर्थिक बर्ष २०८१÷०८२ मा ३९ जनामा स्थानीय औलोर र एक हजार १२५ जना आयातित औलो देखिएको छ ।
यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा २४ जना स्थानीय र ७६७ जना आयातित, आर्थिक बर्ष २०७९÷०८० मा २४ जना स्थानीय र ५०९ आयातित औलोका विरामी देखिएका थिए ।
शाख प्रमुख डा. दाहालले नेपालमा अहिले औलो जोखिम रहेका केही जिल्ला मात्र रहेको उल्लेख गर्दै सरकारले राष्टिय औलो रणनीतिक योजना (२०२५ देखि २०३०)सम्म संचालन गरेर नेपाललाई औलो मुक्त नेपाल बनाउने योजना अघि सारेको बताए । सोही योजना अनुसार सन् २०२६ सम्म स्थानीय औलोका विरामीलाई शून्यमा पुर्याउने लक्ष्य राखेको छ ।
४२ वटावडामात्र औलोको उच्च जोखिममा रहेका छन् ।
हालसम्म विश्वमा ४७ देश औलोमुक्त भइसकेका छन् । सन् २००० देखि २०२४ सम्म औलाी प्रभावित देशको संख्या १०८ बाट ८० मा झरेको छ । विश्वमा सन् २०२४ सम्म २८ करोड औलाका विरामी देखिएका थिए ।
औलाको विश्वव्यापी भारमध्ये ९५ प्रतिशत हिस्सा अफ्रिकी क्षेत्रले ओगटेको तथ्याङ्क इपिडिमियोलोजीले तथा सरुवा रोग महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा रहेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक