बुटवल घटनाका सम्बन्धमा मेडिकल काउन्सिलद्वारा छानविन समिति गठन
हेल्थपत्र
काठमाडौ, ९ वैशाख : नेपाल मेडिकल काउन्सिलले बुटवल स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि छानविन समिति गठन गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले घटनाको सत्यतथ्य छानविन गर्न काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए ।
छानविन समितिमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी छन् । उनले चाँडै छानविन गरि सत्यतथ्य घटनाको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।
बुटवलको एक क्लिनिकमा गीता पाण्डेको गर्भपतन गराउँदा ज्यान गएको थियो । सोही घटनालाई लिएर काउन्सिलले छानविन समिति गठन गरेको हो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक