अभियान अन्तर्गत २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो
हेल्थपत्र
काठमाडौँ, ८ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संचालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत करिव २३ लाख लाख बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
यहि वैशाख ६ र ७ गते संचालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाखलाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए । यस्तै आठ लाख बालबालिकालाई बाल भिटा खुवाइएको छ ।
देशैभरका ६ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बाल भिटा खुवाइएको थियो ।
आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बाल मृत्यु दर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बाल भिटा खुवाउने गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिव ५० हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
सरकारले हरेक आर्थिक बर्षमा कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि संचालन गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक