स्वास्थ्यमन्त्री मेहता र एडिबीका कन्ट्री डाइरेक्टरबीच स्वास्थ्य र खानेपानीका बिषयमा छलफल

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौँ, ७ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहताले आज एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइस बीच शिष्टचार भेटवार्ता भएको छ ।

सिंहदारस्थित खानेपानी मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएकौ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

भेटवार्तामा उहाँहरुबीच स्वास्थ्य तथा खानेपानीका क्षेत्रमा हाल भइरहेका क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा छलफल भएको उनले बताए ।

साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका सवल पक्ष एवम् भविष्यका सम्भवानाबारे छलफल भएको उहाँले जानकारी दिए ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक