सरकारद्वारा डा. गोविन्द केसीसँग वार्ताका लागि टोली गठन

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौ, १८ कार्तिक । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो।

टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेेका छन् ।

मन्त्रालयले डा. केसीले राख्नुभएका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनसनरत पक्षलाई आह्वान गरेको छ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक