अब सुत्केरी आमालाई ६ महिना तलबसहितको प्रसूति बिदा

हेल्थपत्र

२०८३ असोज १ बिहीबार

काठमाडौं ३१ भदाै । सरकारले सुत्केरी आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने भएकाे छ ।

सरकारले तयार गरेकाे सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा सुत्केरी आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने कानूनी ल्याउन थालिएकाे हाे । कानून मन्त्रि साेविता गाैतमले विधेयक तयार गरिएकाे जानकारी दिईन् । उनका अनुसार  विधेयकमा  बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ।

“जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो, ” उनले सामाजिक सञ्जालमा लेखिएकी छन्  “यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ।”

विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव  सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा  महत्त्वपूर्ण नीतिगत परिवर्तन हुने उनकाे भनाई छ ।

Nisha Mehta

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक