चिकित्सक संघको निर्वाचनमा ४४.११ प्रतिशत मत खस्यो

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौं, १९ वैशाख । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज र हिजो गरि दुई दिन निर्वाचन गरेर सम्पन्न भएको हो । दुई दिन गरेर कुल दुई हजार ८५८ मत खसेको छ ।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले आज एक हजार ६३५ मत खसेको थियो । हिजो एक हजार २२३ मत खसेको थियो । काठमाडौँ उपत्यका सहित कुल  सात हजार १०२ मत खसेको उनले बताए । यो कुल मतको ४४.११ प्रतिशत हो ।
यसअघि उपत्यका बाहिर भने वैशाख ४ र ५ गते नै मतदान सम्पन्न भइसकेको थियो। उपत्यका बाहिरका २२ मतदान केन्द्रमा ४ हजार २४४ मत खसेको थियो ।

संघको निर्वाचनमा १६ हजार १०० मतदाता रहेका प्रमुख निर्वाचन अधिकृत डा. शाक्यले जानकारी दिए । मतदान विहान ८ बजेदेखि बेलुका ६ बजे भएको थियो । उनले आजै नै मतगणना हुने बताए ।

अध्यक्ष पदका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल टीम चुनावी मैदानमा रहेको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक