थप २२ जना जेनजी घाइतेमा सूचिकृत
हेल्थपत्र
काठमाडौँ, १८ वैशाख : जेनजी आन्दोलनमा घाइते भएका थप २२ जनाको नाम घाइतेमा सुचिकृत भएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सुचिकृत भएको स्वास्थ्य आपतकालिन संचालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
यो संगै जेनजी आन्दोलनका क्रममा घाइतेमा सुचिकृत हुनेको सङ्ख्या दुई हजार ६६० पुगेको छ । यसअघि दुई हजार ६३८ जना घाइते सुचिकृत भएका थिए ।
“निर्वाचनपछि नयाँ सरकार बनपछि थप हामीसंग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २५० जनाको नाम आएको थियो, ” उनले भने, “तर मन्त्रालयको मापदण्ड अनुसार २२ जनामात्र घाइतेको प्रमाणिकरण गरि सुचिकृत गरिएको हो ।”
केन्द्रका प्रमुख डा. बुढाथोकीले ति २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको रेकर्ड र अस्पतालको प्रमुखले प्रमाणिकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणिकरण गरि सुचिकृत गरेको बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो ।
नयाँ प्रमाणिकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उनले बताए । जेनजी घाइतेहरुले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक