१९ जना चिकित्सकको लाइसेन्स खारेजी (सूचिसहित)

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

 काठमाडौं १८, वैशाख । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको  नेपाल मेडिकल काउन्सिलले दर्ता किताबबाट हटाएको छ ।
नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ र काउन्सिलको निर्णय अनुसार हटाइएको काउन्सिलले जनाएको छ ।

सूचनामा लेखिएअनुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।
दर्ता खारेज भएका डाक्टरहरुमा डा.सुमिन्द्रा पुन, डा.शैलेश कुमार जयसवाल, डा.भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेश राज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा.  सृजना श्रेष्ठ लगायत छन् ।

यसैगरी डा. सुनिता विष्ट,  डा. दिपा मल्ल, डा. सौरब जीसी, डा. जेनिशा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपिका ज्ञवाली, डा. हेमु चौरसिया, डा.समिक्षा शर्मा र डा. मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।

काउन्सिलले यसअघि पनि नेपाली नागरिकता त्यागेका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको थियो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक