आज सरकारी अस्पतालका ओपिडी खुला

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि वैशाख १८ गते सवै सरकारी अस्पताललाई बहिरङग (ओपिडी) सेवा संचालन गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सार्वजनिक विदा परेपनि सरकारी अस्पतालमा ओपिडि सेवा संचालन गर्न सवै अस्पताल प्शासनलाई अनुरोध गर्नु भएको छ ।
आजदेखि लगातार तीन दिन सार्वजनिक विदा परेका कारण देशभरिका सरकारी अस्पतालमा ओपिडि सेवा प्रभावित हुने भई सेवाग्राहीलाई असुविधा हुने भएकोले भोलि ओपिडी सेवा संचालन गर्न भनिएको उनले बताए ।
आज बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय मजदुर दिवस, वैशाख १९ गते शनिवा र वैशाख २० गते आइतवार लगायत तीन दिन सार्वजनिक विदा परेको छ ।
मन्त्रालयले सेवाग्राहीलाई स्वास्थ्य सेवा प्राप्त गर्न कुनै असुविधा नहोस् भनेर नै ओपिडी खोल्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक