वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अलग हुने कुरा कहाँ पुग्यो ?

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

काठमाडौँ, १५ वैशाख : वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अलग गराउनका लागि सरकारले केही नेपाल ऐन संशोधन ऐन २०८२ ल्याएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ मा संशोधन गरेको छ ।

सो संशोधन ऐनमा दफा ४३ मा वीर अस्पताल र न्याम्स सात वर्षपछि छुट्याउने उल्लेख छ । दफा १ मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरिय अध्ययन तथा अनुसन्धानका लागि आफ्नै छुट्टै अस्पताल स्थापना गरि संचालन गर्न वा नेपाल सरकारको केन्द्रीय अस्पतालसंग द्धिपक्षीय सम्झौता गरि त्यस्तो अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सक्ने छ ।

दफा २ मा प्रतिष्ठानले यो उपदफा प्रारम्भ भएको मितिले सात बर्षसम्म प्रचलित कानून बमोजिम स्थापना भई सचालन भइरहेको वीर अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सक्ने छ ।

सो ऐनमार्फत वीर अस्पताल र न्याम्स कानूनी रुपमा अलग भइसकेको छ । तर यी दुई अलग गराउने प्रक्रिया अझै शुरु नहुँदा यसको असर प्रत्यक्ष सर्वसाधारण विरामीलाई समेत पुग्ने गरेको छ । त्यसैले वीर अस्पताललाई न्याम्सबाट छुट्टाई केन्द्रीय अस्पतालको रुपमा रहनुपर्ने माग कर्मचारीले गरेका छन् ।

२०८१ पुस ९ गते प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा वीर अस्पताल र न्यान्सको अलग अलग गर्ने सैद्धान्तिक सहमति दिइएको थियो । यसरी सात बर्षभित्र वीर अस्पताल र न्याम्स छुट्निे सहमति गर्दा पनि अझै त्यसको तयारी गरिएको छैन ।
ऐन अनुसार न्याम्सले आफ्नो मेडिकल कलेज निर्माण गर्नुपर्नेमा उल्टो अन्य एकेडेमिक काम छाडेर वीर अस्पताललाई अनावश्यक हस्तक्षेप गरिरहेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल ऐन २०६३ ले पनि न्याम्सले आफ्नै अस्पताल बनाउनुपर्ने उल्लेख गरेको छ । तर हालसम्म पनि न्याम्सले वीर अस्पताललाई आफ्नो अस्पतालका रूपमा प्रयोग गर्दै आइरहेको छ भने छुट्टै अस्पताल स्थापना गर्न सकिरहेको छैन ।

वीर अस्पतालको व्यवस्थापनमा न्याम्सले हस्तक्षेप र बाधा पु¥याएको भन्दै मन्त्रालयमातहत हुने गरी वीरलाई छुट्टाउन तयारी थालेको हो ।
हाल वीर अस्पताल न्याम्समातहत सञ्चालन भइरहेको छ । अस्पतालले सामान्य औषधिदेखि स्वास्थ्य उपकरणसम्म खरिद गर्दा वा अन्यसंग सम्झौतामा ल्याउदा न्याम्सको अनुमति लिनुपर्ने हुन्छ ।

यसरी गरिवीको अस्पतालको रुपमा रहेको वीर अस्पताललाई साना साना कुरामा पनि न्याम्सलाई सोध्नुपर्ने देखिन्छ । हरेक पाइलामा न्याम्सको हस्तक्षेप र न्याम्सको अनुमति लिनुपर्ने हुँदा वीर अस्पतालको स्थापन तथा सेवा प्रवाहमा समेत समस्या देखिएको छ । जसले गर्दा सरकारले यी दुई लाई अलग अलग बनाउने रणनीति लिएको हो ।

वीर अस्पताल कार्यकारी निर्देशकलाई न्याम्सका उपकुलपतिको बन्दनमा राख्ने , ति कार्यकारी निर्देशकले आफूले भनेजस्तो काम गर्न नपाउदा अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको कर्मचारी बताउँछन् ।  वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्मा र न्याम्सका उपकुलपतिमा डा. भूपेन्द्रकुमार बस्नेत छन् ।

न्याम्समा राजनीतिक भागबन्डाका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति रजिस्ट्रार र रेक्टर नियुक्ति हुने भएकाले त्यसको असर वीर अस्पतालमा देखिएको छ ।

न्याम्सले हाल अनावश्यक करारका कर्मचारी राखेर वीरलाई आर्थिक व्ययभार थपिरहेको छ । हाल वीरमा एक हजार ५०० र न्याम्पसमा एक हजार कर्मचारी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले वीरसँग न्याम्सलाई अलग्याएपछि न्याम्सका कर्मचारी न्याम्समै रहने र वीरका कर्मचारी वीरमै रहने गरी कानुनी व्यवस्था गर्न लागेको छ । अहिले न्याम्सका कर्मचारीलाई पनि वीर अस्पतालले पाल्नु परेको छ ।

अहिले वीर अस्पतालमा मन्त्रालयले सीधै चिकित्सक पठाउन वा ठाडो निर्देशन दिन पाउँदैन । न्याम्सको माध्यमबाट मात्रै मन्त्रालयले अस्पतालसँग आवश्यक समन्वय गर्ने गरेको छ । तर, यसो हुँदा देशकै जेठो वीर अस्पतालको विकास र सेवा प्रवाहमा समस्या देखिएकाले वीर अस्पताललाई छुट्याउन थालिएको हो ।

वीर अस्पतालको प्राविधिक कर्मचारी चिकित्सक, नर्स, तथा स्वास्थ्यकर्मीलाई सरकारी दरवन्दी वाहेकलाई मेरिटका आधारमा राख्नुपर्ने हुन्छ ।
वीर अस्पताल ७७ जिल्लाको अस्पताल रहेकोले विरामीलाई पैसा नलिएर जादा पनि उपचार हुने गर्दछ ।

सरकारले वीर अस्पताल सुर्धान यी कार्य गर्नुपर्ने

अहिलेको नयाँ सरकार र स्वास्थ्य मन्त्रालयले गरेका प्रयासले वीर अस्पताल सुध्रने अपेक्षा गरिएको छ । तर अझ सुधार गर्नका लागि भने वीर अस्पताल र न्याम्सलाई नै अलग गर्नु नै रहेको छ । वीर अस्पताललाई सिधै स्वास्थ्य मन्त्रालय मातहतको केन्द्रीय अस्पतालका रुपमा संचालन गर्नुपर्ने कर्मचारी बताउँछन् ।

वीर अस्पताललाई अहिलेको सरकारले राज्यको अस्पताल सम्झि केही रकम अनुदान दिएर जोगाउनुपर्ने देखिन्छ । स्वास्थ्य बीमा बाट पैसा आएपछि अयन्त्र लगाउन मिल्ने गरि अस्पतालको सेवा,प्रवाह, जनशक्ति,को आवश्यक स्रोतको व्यवस्था गर्न सके अस्पताल सुध्रने छ ।

अस्पतालले प्रदान गर्ने सेवा पहिले भन्दा राम्रो भएको छ । तर पुराना मेसिन र विग्रेका मसिनलाई बनाउन पैपा पनि छैन ।

अन्य अस्पतालमा बीमा कार्यक्रम बन्द हुँदा वीरमा विरामी बढे

त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदयरोग केन्द्र स्वास्थ्य बीमा बन्द गरेको अवस्थामा अहिले गरिवी जनताको उपचार गर्ने अस्पताल वीर अस्पताल बन्न पुगेको छ । ति अस्पतालबाट आउने दैनिक सयौ विरामीको उपचार अहिले वीर अस्पतालमा हुने गरेको छ । ति विरामीको उपचार गर्दा अस्पतालले थेक्न सक्ने अवस्था छैन ।

विरामी दैनिक अस्पतालमा बढद औषधि पनि सकिरहेको छ । त्यसैले गरिवी जनताको उपचार गर्ने हो भने वीर अस्पताललाई औषधि किन्नेका लागि आर्थिक स्रोत सरकारले उपलब्ध गराउनुपर्ने कर्मचारीको भनाई रहेको छ ।

 

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक