‘खोज र खोप’ अभियान
हेल्थपत्र
काठमाडौँ, १४ बैशाख : सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान संचालन गरेको छ ।
सरकारले नियमित खोप लगाउन छुटेका पाँच बर्ष मुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान संचालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा वाल स्वास्थ्य शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ बर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोग विरुद्ध ९ प्रकारका खोप दिइने उनको भनाई रहेको छ ।
“वैशाख महिनामा भरि हामीले अघिल्लो पटक खोप लगाउन छुटको बालबालिकालाई खोज र खोप नियमित सरह खोप दिइन्छ” उनले भने“स्थानीय तह र स्वास्थ्य स्वय सेविकाले खोप लगाउन छुटेका बालबालिकालाई यसपटक खोप लगाइ दिने गर्दछन ।”
सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन वाँकी रहेका बालबालिकाको तथ्याङ्क संकलन गरेको छ ।
शाखा प्रमुख डा. गौतमका अनुसार नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सवै खोप नलगाएको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन ।
महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरु परिचालन गरि छुट खोप भएका पाँच बर्ष मुनिका बालबालिकाको पहिचान गरि खोप लगाउने कार्य भइरहेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए ।
सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच बर्षसम्मका उमेरका बाललालिकालाई ति खोप लगाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जिवित जन्मबाट २६.५ प्रति हजार जिवित जन्ममा घटाउन सफल भएको छ ।
केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढदै गई दादुरा रुवेलाको महामारी समेत देखापरेकोले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक