स्वास्थ्य मन्त्रीले गरिन् उच्च कर्मचारीको सरुवा (को कहाँ)

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौं, ११ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न महाशाखा प्रमुख तथा वरिष्ठ चिकित्सकको कार्यक्षेत्र परिवर्तन गरेकी छन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार लामो समयदेखि रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ।
यस्तै, परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई नारायणी अस्पताल मा सरुवा गरिएको छ भने डा. चुमनलाल दासलाई सार्क क्षयरोग केन्द्रको निर्देशक नियुक्त गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई वीर अस्पतालमा सरुवा गरिएको छ।  उहाँको स्थानमा मन्त्रालयको समन्वय महाशाखा प्रमुख यशोदा अर्याललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको छ।
यसअघि नै स्वास्थ्य तालिम केन्द्रमा डा. प्रकाश साहलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक