बुटवल घटनाका सम्बन्धमा मेडिकल काउन्सिलद्वारा छानविन समिति गठन

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौ, ९ वैशाख : नेपाल मेडिकल काउन्सिलले बुटवल स्वास्थ्य क्लिनिकमा गर्भपतन गराउने क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि छानविन समिति गठन गरेको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले घटनाको सत्यतथ्य छानविन गर्न काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिए ।

छानविन समितिमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी छन् । उनले चाँडै छानविन गरि सत्यतथ्य घटनाको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए ।

बुटवलको एक क्लिनिकमा गीता पाण्डेको गर्भपतन गराउँदा ज्यान गएको थियो । सोही घटनालाई लिएर काउन्सिलले छानविन समिति गठन गरेको हो ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक