कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले प्रधानमन्त्री शाह समक्ष राखेका ८ बिषय यस्ता छन्

हेल्थपत्र

२०८३ कातिर्क १८ मङ्गलबार

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय, प्रतिष्ठानका उपकुलपतिसंगको छलफलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.पुजन रोकायाले पनि कर्णाली प्रदेशको स्वास्थ्य सुधारका कुरा राखेका छन् ।

उनले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अझ जनसमक्ष पुर्याउनका लागि ८ बुँदे कुरा राखेका छन् ।

१) जुम्लाको चेरे चौर स्थीत शैक्षिक तथा आवाशिय भवन निर्माणका निमित्त बहु बर्षिय आयोजनाको श्रोत सूनिश्चितताको सम्वन्धमा ।
२) जुम्लाको चेरे चौर स्थीत ढाँणथपला समुदायबाट थप जग्गा प्राप्तीका निमित्त आवश्यक पर्ने राजश्व शूल्कको छुट सम्वन्धि व्यवस्था गरिदिने सम्वन्धमा ।
३) कर्णाली लगायत पिछडिएका छात्रछात्राहरुको प्रतिष्ठानको मर्म अनुसार प्रतिष्ठानमा अध्ययन गर्न आरक्षणको सूनिश्चितता गर्न राष्टिय चिकित्सा शिक्षा ऐन, २०७५ को संशोधन गरिदिने सम्वन्धमा ।
४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा लगायत स्तरोन्नती तथा वित्तृ विकासको आवश्यकता र कार्यान्वयनका लागि ध्यानाकर्षण ।
५) प्रतिष्ठानमा विशिष्टकृत स्वास्थ्य सेवाहरु संचालनका लागि आवश्यक विशिष्टकृत जनशक्ति र उपकरण सहित (एम.आर.आई लगायत) को व्यवस्थापन सम्वन्धमा
६) अगामी आ.व.२०८३।०८४ को लागि प्रतिष्ठानलाई पर्याप्त वजेटको व्यवस्थापन गरिदिने सम्वन्धमा ।
७) प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समयानुसारको स्तरोन्नतीका निमित्त ओ. एण्ड एम. (दरबन्दी तेरीजको) अनुसारको वजेट सूचिश्चितता साथै अर्थ मन्त्रालय र लोक सेवा आयोग विच समन्वयका सम्वन्धमा ।
८) कर्णालीका बहुमुुल्य जडिवुटी र औषधिजन्य बनस्पतीको संरक्षण, प्रवर्द्धन गर्दै बहुमल्य जडिवुटीलाई अनुसन्धान, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा संग जाेड्दै आत्मनिर्भरताका सम्वन्धमा ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक