लुम्बिनी प्रादेशिक अस्पताल मेसुमा डा. विष्णु गौतम

हेल्थपत्र

२०८३ कातिर्क १९ बुधबार

बुटवल ८ वैशाख । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. विष्णु गौतम नियुक्त भएका छन।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा। गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए। अस्पतालको व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ।

डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्।

अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ।

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक