रेडक्रस सोसाइटीद्वारा चार तहकाे निर्वाचन कार्यतालिका सार्वजनिक
हेल्थपत्र
काठमाडौ, ६ बैशाख । नेपाल रेडक्रस सोसाइटीले चारै तहकाे निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ ।
साेसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिकाे निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे साेसाईटीका महामन्त्री मीनवहादुर मल्लले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौं संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिका स्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटीले पहिलो चरणमा यही बैशाख २६ गतेदेखि जेष्ठ ४ गतेसम्मका देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ ।
यस्तै पालिका शाखाको निर्वाचन लगत्तै जेष्ठ १५ गते सम्पन्न गर्नेगरी सतहत्तरवटै जिल्ला शाखा समिति, असार २ गते सात वटै प्रदेश समिति र असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न गर्ने नेपाल रेडक्रस निर्वाचन आयोगले जनाएको छ । पालिकास्तरमा पहिलाे पटक रेडक्रस शाखाकाे गठन हुँदै छ ।
सरकारको गत फागुन १४ गतेको नेपाल राजपत्रमा महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार विनोद कुमार शर्माको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ समितिलाई तोकिएको जिम्मेवारी अनुसार नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (अठारौं संशोधन, २०८२ सहित) अनुसार सोसाइटीका सबै निकायहरुको निर्वाचन गर्ने जिम्मेवारी अनुसार कार्यसञ्चालन भईरहेको महामन्त्री मल्लले बताए ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक