उपचारबारे भिडियो सामाग्री राखेका डा. सुधीर प्रसाद साहलाई मेडिकल काउन्सिलको स्पष्टीकरण
हेल्थपत्र
काठमाडौं, ६ बैशाख । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल टिकटकमा व्यावसायिक मर्यादा विपरीतका सामग्रीहरू सम्प्रेषण गरेको भन्दै डा. सुधीर प्रसाद साह (NMC नं. १६२३८) सँग लिखित स्पष्टीकरण माग गरेको छ।
सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवामा कार्यरत डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ को अवधिमा अपलोड गरेका भिडियो सामग्रीहरूले चिकित्सकहरूको व्यावसायिक आचारसंहिता उल्लंघन गरेको काउन्सिलको ठहर छ।
काउन्सिलले चिकित्सकलाई स्वास्थ्य परामर्शका नाममा जथाभावी नबोल्न निर्देशन दिएको छ ।
काउन्सिलद्वारा जारी पत्रमा डा. साहले ‘कोड अफ एथिक्स एण्ड प्रोफेशनल कन्डक्ट २०१७’ का विभिन्न बुँदाहरू, विशेष गरी बुँदा नं. ३, ४ र ५ मा उल्लिखित आचारसंहिताको गम्भीर उल्लंघन गरेको उल्लेख गरिएको छ। काउन्सिलको नियमित अनुगमनका क्रममा ती भिडियो सामग्रीहरू चिकित्सकको गरिमा र कानुनी प्रावधान विपरीत पाइएकाले उनीमाथि निगरानी बढाइएको पत्रमा जनाइएको छ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक