ईशान बाल अस्पतालमा बाल शल्य उपचारमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा

हेल्थपत्र

२०८३ असार २४ बुधबार

काठमाडौँ, २४ चैत । ईशान बाल तथा महिला अस्पतालले २४ सै घण्टा पेडियाट्रिक सर्जरी विभागले सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले आकस्मिक विभागमा २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्ट्रारबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला, प्रसुती तथा हाडजोर्नी सम्बन्धमा पेडियाट्रिक सर्जरी विभाग संचालनमा ल्याएको हो ।

अस्पतालले नवजात, बाल शल्य तथा बाल युरोलोजी चिकित्सकको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरी नेपालमा ख्याती प्राप्त गरेको जानकारी कार्यकारी निर्देशक प्राडा. आरपी चौधरीले जानकारी दिए ।

अस्पतालमा पटक पटक विभिन्न समयमा विभिन्न नवजात, बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धिको जटिल भन्दा जटिल शल्यक्रिया भइरहेको जानकारी उनले गराए । अस्पतालमा वेलायत, भारत, युएई तथा बंगलादेशबाट समेत आएका बच्चाहरुको सफल शल्यव्रिmया भएको उनले बताए ।

अस्पतालको पेडियाट्रिक सर्जरी विभागमा गर्भावस्थामा बच्चामा देखिएका समस्याहरुको बारेमा पत्ता लगाउने जस्ता सेवा उपलब्ध हुँदै आएका छन् ।

यस्तै जन्मजात, नवजात शिशु, बाल तथा किशोर सम्बन्धी सवै शल्यक्रिया उपचार, पेडियाट्रिक युरोलोजी, २४सै घण्टा नवजात शिशु, बाल तथा किशोर सम्बन्धी ईमरजेन्सी र आवश्यक शल्यव्रिmया समेत अस्पतालमा उपलब्ध हुने गरेको छ ।

पेडियाट्रिक सर्जरी विभागले नेपालमा नै पहिलोपटक एक वर्षे क्लिनिकल फेलोसिप प्रोग्राम समेत अस्पतालका कार्यकारी निर्देशक प्राडा चौधरीले बताए ।

सामाजिक दायित्व अनुसार अस्पतालले हरेक वर्ष जनकपुरमा पेडियाट्रिक सर्जरीको निशुल्क स्वास्थ्य शिविर संचालन तथा औषधी वितरण गर्दै आइरहेको छ ।

वैशाखदेखि नयाँ सिटी मेसिन

अस्पतालले आगामी वैशाखबाट अस्पतालले अत्याधुनिक सिटी स्क्यान मेसिन पनि संचालन हुनगइरहेको छ । विरामीको उपचारको सेवा विस्तार गर्न नयाँ सटी स्क्यान मेसिन संचालन ल्याउन थालेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक