रास्वपाका सांसदलाई योगध्यान
हेल्थपत्र
काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू भएको छ। ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको थियो ।
अभिमुखीकरण शुरु हुनुभन्दा अगाडि सांसदलाई योगध्यान गराइएको थियो ।
रास्वपाले नवनिर्वाचित सांसदहरुको लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम आज दोस्रो दिन पनि सुरु भएको छ। योग–ध्यान कक्षासँगै दोस्रो दिनको अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल टुलिपमा सुरु गरिएको रास्वपाले जनाएको छ।
आजको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ।
प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक