सिंहदरवार वैद्यखाना पुरानो लयमा फर्कदै
हेल्थपत्र
शरद् शर्मा
काठमाडौँ, ५ फागुन : सिंहदरवार वैद्यखाना फेरि लय समात्न थालेको छ । २०७७ सालदेखि औषधि उत्पादनमा कमी आएका वैद्यखानाले लय समात्न थालेको हो ।
तीन बर्षदेखि कच्चा पदार्थको लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेको बैद्यखाना अहिले औषधि उत्पादनलाई बढाएको हो । “अहिले औषधि उत्पादनमा ध्यान दिएर बैद्यखानालाई नाफामा लगेका छौ,” वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले भने “अहिले सरकारी औषधालयमा मात्र दुई करोड रुपियाँ बराबरको औषधिको माग आएको छ ।”
कुनै वेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको छ ।
कच्चा पदार्थको आपूर्ति समयमा नहुँदा औषधि उत्पादन समेत ठप्प भएको थियो । कार्यकारी निर्देशक डा केसीले उत्पादन नभएर २३३ प्रतिशत घाटामा रहेको वैद्यखानालाई अहिले नाफामा लगेको बताए ।
२०७७ सालमा १२ वटा मात्र औषधि उत्पादन गर्ने औषधि अहिले ८६ प्रकारका औषधि उत्पादन गरिरहेको उनले बताए । तिमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गर्दछ । २०८० पुसमा ठेक्का पाएका ठेकेदारले कच्चा पदार्थ नल्याएपछि उक्त ठेकेदारलाई कालोसूचिमा राखिएको थियो । त्यसपद्धि २०८१ वैशाख नयाँ ठेक्का गरेपनि कच्चा पदार्थ आउन थाल्यो र वैद्यखानाले साउन यता औषधि उत्पादन गर्न थालेको उनले बताए ।
वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलव समेत पाएका थिएन । “अहिले वैद्यखानाबाट नियमित औषधि उत्पादन भएर नाफामा गएपछि हामीले कर्मचारीलाई नियमित तलव पनि दिइरहेका छौ” उनले भने, “अझ हामीले औषधि उत्पादनलाई बढाउछौ ।”
माग धान्नै गा¥हो
वैद्यखानाको औषधिलाई सवैले रुचाएकाका कारणले अहिले माग बढिरहेको छ । उनले अहिले झण्डै चार करोड रुपियाँ बराबरको औषधिको माग भएको बताए ।
“देशभरिबाट नै औषधिको माग बढिरहेको छ । तर हामीलाई पुर्याउन गा¥हो परिरहेको छ,” उनले भने “माग धान गा¥हो भएर हामीले सरकारी वाहेक अन्यलाई औषधि दिन सकिरहेका छैनौ ।”
उनले यसबर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने बताए ।
शिलाजित, च्वनप्रास, निमिया(जोर्नी दुख्ने औषधि) चन्द्र प्रभावटी,महायोगराज, कान्चानार, त्रिफला लगायत औषधिको माग उच्च रहेको छ ।
यस्तै १५ बर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु वैद्यखानाले फेरि उत्पादन शुरु गरेको छ । उनले आफ्नो पहलमा स्वर्णभ्रष्म विन्दु शुरु गरिएको बताए
तत्कालिन मल्लकालिन शासकले १६४३ मा वैद्यखानालाई आर्युेवेद औषधालयको रुपमा स्थापना गरेका थिए ।
कच्चा पदार्थ प्रतिवन्ध भएसंगै केही औषधिको उत्पादन रोकिएको छ ।
गाँजा, अफिम, मयुरको पुच्छर, वाघाको छाला, दाँत, मृग जस्ता जनावरको मार्न प्रतिवन्ध भएसंग करिव ५० वटा औषधिको उत्पादन रोकिएको छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक