भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. सुवेदीलाई प्रदान

हेल्थपत्र

२०८३ कातिर्क २८ शुक्रबार

काठमाडौं, २७ कात्तिक । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. निराजन सुवेदीलाई प्रदान गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रिस्तरिय निर्णय गर्दै उनलाई नियुक्ती गरेकी हुन् । यसअघि उनी भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको भूमिका समेत निभाइरहेका छन् ।

सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन (दोस्रो संशोधन) आदेश, २०८३ राजपत्रमा प्रकाशित भएपछि अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा.उज्जवल चालिसे पदमुक्त भएका थिए ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक