राष्ट्रपति पौडेलले बहिनीलाई भाइटीका
हेल्थपत्र
काठमाडौँ, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको भाइटीका लगाईदिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाईदिएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरे । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गरेकाे जनाईएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक