कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा

हेल्थपत्र

२०८३ भाद्र २८ आइतबार
पोखरा, २३ साउनः  कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी ९लकडाउन०का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए । विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो ।
त्यही समयमा पोखरा(१३, कुँडहरकी कृपा श्रेष्ठको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । लकडाउनले बनाएको फुसर्दिलो दैनिकीमा उनी रहरले क्यानमासमा खेल्न थालिन् । मनमा दबिएका भावनालाई ब्रसमार्फत क्यानभासमा पोख्ने रहर यतिबेला उनको पहिचान बनेको छ ।
वर्षौदेखि मनको कुनामा थन्किएका उनका सिर्जना जब सबैको आँखामा देखिन थाले, उनको जीवनले सफलताको नयाँ रङ देख्न थाल्यो । “लामो समयसम्म सेतो कागजमा रङ्गविहीन सपना कोरेरै चित्त बुझाएकी थिएँ”, श्रेष्ठले भनिन् “कोभिडले मलाई आफैँभित्रको कलाकारसँग भेट गराइदियो, यो आफूलाई चिन्ने एउटा सुनौलो अवसर थियो ।”
डेनमार्कमा लिडरसीप विषयमा स्नातक सकेर सात वर्ष पश्चात सन् २०१७ मा नेपाल फर्किएपछिको उनको दैनिकी सामान्य अवस्थामै चलिरहेको थियो । पारिवारिक जिम्मेवारी पूरा गर्दै दिन बितिरहेका थिए । सन् २०२० मा जब कोभिड महामारीले सबैलाई घरभित्रै सीमित बनायो, उनी पनि अरु जस्तै लकडाउनको बन्दी भइन्। एक दिन बच्चालाई पढाउने बहानामासँगै टेबलमा बस्नुभयो । त्यो अप्रिलको महिना थियो, उनलाई अझै याद छ । त्यही समयमा उहाँले एउटा कागजमा मण्डला कोरिन् ।
रहरमा कोरिएको चित्र यति सुन्दर बन्यो कि उनी आफैँ अचम्ममा परिन् । “आहा १ मैले यति राम्रो मण्डला बनाएँ भन्नुभयो”, उनी कोरोनाकाल सम्झिन्छन् । त्यही दिनदेखि उनको जीवनमा नयाँ अध्याय सुरु भएको हो उनी भन्छिन् । त्यसअघिका दिनमा अरुका कला हेरेर दङ्ग पर्ने उनी आफूभित्र नै कला कोर्ने अद्भूत क्षमता छ भन्ने कहिल्यै लागेन । यसपछिका दिनमा उनले आफूलाई एक कलाकारको रूपमा नयाँ परिचय दिएकी छन् । ।
दिउँसो घरको जिम्मेवारी र रातको सुनसान समय उनको क्यानभास बन्यो । सुरुमा कालो–सेतो (मोनोक्रोम) चित्र बनाउँदै गर्दा रङसँग खेल्दै क्यानभासमा हराउने उनको बानी भयो । उनलाई आकाशको नीलो र धर्तीको हरियो रङ्गसँगको सामिप्यता निकै मनपर्छ ।
“मेरा सिर्जनाहरू केवल चित्र मात्र होइनन्, भावना र विचारका अभिव्यक्ति हुन्, स्वतन्त्रता, महिला सशक्तीकरण, विद्रोह, शान्ति, प्रकृति र संस्कृति जस्ता विषय मैले बनाएका कलामा भेटिन्छन्”, उनले भनिन्।
आफूले कोरेका चित्रमा बारम्बार प्रयोग हुने गोलाकार आकृतिहरू यही ब्रह्माण्डीय सम्बन्धको प्रतीक रुपमा लिन सकिने उनको भनाइ छ । उनी कहिलेकाही दिन रात नभनी कलामा डुबेर काम गर्छिन । कुनै चित्र दुई÷चार दिनमै तयार भएका छन् भने कुनै चित्र महिनौँ समय खर्चिर पनि बनेका छन् ।
कृपाले आजसम्म औपचारिक एकल कला प्रदर्शनी गर्नुभएको छैन । यद्यपि विभिन्न आर्ट प्रर्दशनीमा उहाँको कलाले कलापारखीहरूको मन जित्न सफल भएको छ । उनको पहिलो चित्र, ‘सेभेन चक्र अफ लाइफ’ थिममा बनेको बुद्धको डट मण्डला, सात हजार रुपैयाँमा बिक्री भयो । त्यसपछि उनको कलाको माग बढ्दै गयो र व्यावसायिक यात्राको बाटो खुल्यो ।
अक्रेलिक रङमा रमाउने उनले अहिलेसम्म दुई सयभन्दा बढी चित्र सिर्जना गरिसकेकी छन् भने उहाँले ५० भन्दा बढी चित्र बिक्री गरिसकेकी छन्  । उनका चित्रकला रु ७० हजारसम्ममा बिक्री भएका छन् ।
उनलाई १७ वर्षीय छोरीले कलायात्रालाई लाग्न प्रेरित गरिरहेकी छन् । त्यसबाहेक आभ्या क्लब र यसका प्रबन्ध निर्देशक निरोज लामाको भूमिकालाई उनी सम्झन्छिन् । आभ्या क्लबमा कार्यक्रम संयोजकको रूपमा काम गरिरहँदा एउटा कला सिर्जनाका लागि खुला वातावरण मैत्रीपूर्ण साथ र हौसलाले उहाँलाई आफ्नो जिम्मेवारीको अलावा कार्यक्षेत्रमै कला कोर्न वातावरण बनाइदिएको छ ।
सन् २०२३ मा आभ्याले एउटा आर्टवर्क सप ग¥यो जसले उनलाई थप हौसला मिल्यो । अहिले क्लबका भित्तामा सजिएका उहाँका चित्रले आगन्तुकहरूको ध्यान खिच्छ र बिक्रीमा सहजता मिलेको छ ।
कृपा आफूलाई एक सिकारु कलाकार नै मानिन्छन । उनी भन्छिन् “कलाको यात्रा कहिल्यै सकिँदैन, म अझै सिक्दैछु ।” हाल उनी समसामयिक विषयवस्तु र सांस्कृतिक मौलिकतालाई आफ्नो कलामा उतार्न अध्ययन अनुसन्धान गरिरहेकी छन् ।
कृपा पोखराका कलाकारहरू बात्सायन, यादवचन्द्र भूर्तेल र हरेराम जोजिजुबाट प्रेरित छन् । साथै, एरिका ताम्राकारको कला उनलाई मनपर्छ । श्रेष्ठ अहिले पोखराको एक वेलनेस स्टुडियोका लागि विशाल क्यानभासमा काम गरिरहेका छन्  । जसमा उनले गुरुङ संस्कृतिको पहिरनमा सजिएकी एक आधुनिक युवतीको चित्रमार्फत संस्कृति र आधुनिकताको सुन्दर संयोजन प्रस्तुत गर्दै छिन्
उनको धैर्य, दर्शन र समर्पणले उहाँलाई एक कलाकार मात्र होइन, अरूका लागि प्रेरणाको स्रोतसमेत बनाएको छ । उनी भन्छिन् “मलाई लाग्छ, म सही समयमा, सही काम, सही तरिकाले गरिरहेको छु ।”
कलामा आफू अझै पनि अनुसन्धान र सिकाइकै चरणमै रहेको बताउनुहुने श्रेष्ठले समसामयिक विषयलाई आफ्नो कलामा उतार्न थप मेहनत गरिरहेका छन्  । “हतार गरेर हिँड्दा धेरै कुरा पछाडि छुट्छन्, म अहिलेस्थिर भएर आफ्नो समय आफू र आफ्नो पेन्टिङमा दिइरहेको छु, म अझै सिक्दै छु”, उनी भन्छिन ।

सम्बन्धित समाचार

सबैभन्दा धेरै हेरिएको समाचारहरु

फेसबुक