स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य उपचारको ‘सुविधा थैली’ को दररेट परिवर्तन
हेल्थपत्र
काठमाडौँ, १३ जेठ : स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।
स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामाग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सवै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामाग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताइन् ।
उक्त नयाँ सुविधा थैलीको दररेठ यहि जेठ १६ गतेदेखि लागू हुने छ ।
उनले बोर्डले विगत १० बर्षदेखिको दावी, सेवा उपभोगसम्बन्धि तथ्यांक विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दररेट, चिकित्सकीय सान्र्दभिकता, लागत प्रभावकारिता रोगभार तथा स्वास्थ्य प्रणालीको वित्तिय दिगोपनलाई आधार बनाएर सुविधा थैली परिवर्तन गरिएको बताइन् ।
सूचना अधिकारी विकेश मल्लले स्वास्थ्य बोर्डको वित्तिय अवस्था, दायित्व स्वास्थ्य सेवा उपयोगको दर हेरेर दररेट निर्धारण गरिएको बताए ।
उनले बोडमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दररेट परिमार्जन गरको बताए । नयाँ दररेट अनुसार औषधिको औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवाको सरकारी अस्पताललाई आधारमा मानेर तोकिएको उनको भनाई रहेको छ ।
नयाँ सुविधा थैलीमा आमा सुरक्षा कार्यक्रम, जस्ता दोहरिएका कार्यक्रमलाई हटाइएको उहाँले बताए ।
“स्वास्थ्य उपचार सेवा न्यून दररेट कामय गरेर सुविधा थैली बनाएको हो,” उनले भने, “प्रयोग नहुने औषधिलाई हटाइएको छ ।”
सूचना अधिकारी मल्लले अहिले एक हजार १७० प्रकारका औषधिमात्र बोर्डबाट उपलब्ध हुने गरि विमितले पाउने बताए । यसअघि बोर्डले एक हजार २८९ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो ।
सम्बन्धित समाचार
सबैभन्दा धेरै हेरिएको समाचारहरु
फेसबुक